Palash Biswas On Unique Identity No1.mpg

Unique Identity No2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Zia clarifies his timing of declaration of independence

What Mujib Said

Jyoti basu is DEAD

Jyoti Basu: The pragmatist

Dr.B.R. Ambedkar

Memories of Another Day

Memories of Another Day
While my Parents Pulin Babu and basanti Devi were living

"The Day India Burned"--A Documentary On Partition Part-1/9

Partition

Partition of India - refugees displaced by the partition

Wednesday, August 5, 2015

संघीयताको बारेमा कुरा गर्दा भारतमा संघीयताको कस्तो दशा छ भने एक राज्यका नागरिकले आफ्नो योग्यताअनुसार भारतको अर्को राज्यमा जागिर खान नै पाउँदैन, भारतमा उही राज्यको नागरिक हुनुपर्छ । त्यस्तै कुनै राज्यका नागरिकले आफ्नो जग्गा बेच्न चाह्यो भने त्यही राज्यका नागरिकहरुले मात्र किन्न पाउँछन् अर्को राज्यका नागरिकले जग्गा किन्न नै पाउँदैन । सरकारी सेवामा जागिर खान पनि त्यही राज्यको नागरिकले मात्र जागिर खान पाउँछ । जतिसुकै योग्यता हासिल गरेको भए तापनि अर्को राज्यका नागरिकले अर्को राज्यमा जागिर खान पाउँदैन । जस्तै आसामको नागरिकले बिहार वा बंगाल वा अर्को राज्यमा जग्गा किनबेच गर्न पाउँदैन र जागिर खान पनि पाउँदैन । अब नेपालमा पनि भारतको सिको गरेर त्यस्ता रोगहरु सल्केर नेपाल अधिराज्यका नेपाली नागरिकहरुको स्वतन्त्रतामाथि हनन् हुन सक्छ ।

To keep intact Nepal's sovereignty and to maintain Nepalese people prosperous

-- संघीयताको बारेमा कुरा गर्दा भारतमा संघीयताको कस्तो दशा छ भने एक
राज्यका नागरिकले आफ्नो योग्यताअनुसार भारतको अर्को राज्यमा जागिर खान नै
पाउँदैन, भारतमा उही राज्यको नागरिक हुनुपर्छ । त्यस्तै कुनै राज्यका
नागरिकले आफ्नो जग्गा बेच्न चाह्यो भने त्यही राज्यका नागरिकहरुले मात्र
किन्न पाउँछन् अर्को राज्यका नागरिकले जग्गा किन्न नै पाउँदैन । सरकारी
सेवामा जागिर खान पनि त्यही राज्यको नागरिकले मात्र जागिर खान पाउँछ ।
जतिसुकै योग्यता हासिल गरेको भए तापनि अर्को राज्यका नागरिकले अर्को
राज्यमा जागिर खान पाउँदैन । जस्तै आसामको नागरिकले बिहार वा बंगाल वा
अर्को राज्यमा जग्गा किनबेच गर्न पाउँदैन र जागिर खान पनि पाउँदैन । अब
नेपालमा पनि भारतको सिको गरेर त्यस्ता रोगहरु सल्केर नेपाल अधिराज्यका
नेपाली नागरिकहरुको स्वतन्त्रतामाथि हनन् हुन सक्छ ।

संघीयतामा कसैले आठ क्षेत्र भनेका छन् कसैले १२ क्षेत्र भनेका छन् । तर
दुरगामी असर के पर्छ कसैले गहिरो अध्ययन गरेको छैन । नेपालका ५ विकास
क्षेत्रलाई शक्तिशाली बनाएर कसरी त्यहाँको भूभाग र जनतालाई समृद्ध बनाउन
सकिन्छ त्यसमा नीति–कार्यक्रमको तर्जमा गरेर कार्यान्वयन् गर्नसक्नु
पर्छ। डा. ऋषिकेश नारायण श्रेष्ठ भन्नुहुन्छ– 'पाँच विकासक्षेत्र यो
राष्ट्रको सत्यता हो । यो न कुनै पञ्चहरुले बनाएको हो, न त यो कुनै
राजनीतिक भागबण्डाबाट नै बनेको हो । यो राष्ट्रिय अखण्डता र सहिष्णुता
कायम राख्न देशका विज्ञहरुले बनाएको विकासक्षेत्र हो । यो सत्यलाई
आत्मसात गर्न नसक्नु हाम्रो कमजोरी हो ।'
त्यसैले आ–आफ्नो स्वार्थ र ढिपीमा लागेर नचाहिँदा कुरा नउठाऔं । तराईका
जनताको समस्या र जनजातिहरुमा पीडादायी समस्याहरु छन् । त्यसको निराकरण
गर्न राज्यले उच्चस्तरीय आयोग गठन गरेर त्यसबाट प्राप्त सुझावहरु र
मागलाई कार्यावयन गर्ने वचनवद्धता गरी यसैबाट मधेसी र पहाडी पीडित समूह,
दलित र जातीय समस्या निराकरण गर्न सकिन्छ ।
2)संसदमा समानुपालीक प्रणालि खारेज गर्नुपर्छ !
संसदमा समानुपालीक प्रणालिको दुरुपयोग भएकाले त्यसलाई खारेज गर्नुपर्छ ।
यसले कसैको हित गर्दैन । शक्तिमा रहेकाले आफ्नी श्रीमती, रखौटी, नोकर,
आफ्नो कार्यकर्ता मात्र सिफारिस गर्ने हुँदा यस्तो प्रणाली पूरा हटाएर
संसदको माथिल्लो सदनमा पिछडिएको क्षेत्र वा पिछडिएका जाति, वा समूहबाट
योग्य व्यक्ति राज्यले मनोनयन गर्ने व्यवस्था गरिनुपर्छ ।
3)

नेपाललाई यस्तो धर्मसंकटमा पार्नेमध्येका कृष्ण सिटौला,बाबुराम भट्टराई,
सुबास नेम्वाङ हुन् !नेपाललाई यस्तो धर्मसंकटमा पार्नेमध्येका कृष्ण
सिटौला,बाबुराम भट्टराई, सुबास नेम्वाङ हुन् । धेरैले 'सुबास नेम्बाङ
क्रिस्चियन हुन्' भन्छन् । उनले २०६३ साल जेठ चार गते प्रतिनिधिसभाको
घोषणा गर्दा हिन्दुअधिराज्यलाई पश्चिमाबाट करोडौं पैसा खाएर थपक्क
धर्मनिरपेक्ष उनैले थपे। प्रधानमन्त्री सुशील कोइराला एमालेका खड्ग ओली
पनि यसमा अनभिज्ञ छन् । सुशील कोइराला प्रतिनिधिसभाको घोषणामा
धर्मनिरपेक्षको कुरै उठेको थिएन भन्छन् । खड्ग ओली धर्मनिरपेक्ष राख्नु
हुन्न भन्दैछन् । अमेरिका सीआईएको नेपाललाई आधार इलाका बनाएर फ्रि
तिब्बतको नाराबाट चीन टुक्रयाउने र युरोपका इसाई राष्ट्रहरु नेपाललाई
इसाईकरण गर्ने रणनीति हो । त्यसबाट नेपालको अस्तित्व बाँच्न सक्तैन ।
नेपालमा राजसंस्था र हिन्दुअधिराज्य नमान्ने पनि होलान् तर देश बचाउनका
लागि नेपालमा हिन्दुअधिराज्य र राजसंस्था कायम हुनेबित्तिकै सबै समस्याको
समाधान हुन्छ ।

दी टाइम्स अफ इन्डियामा 'नेपाल टुक्रयाएर भारत र चीनले खानुपर्छ' भन्ने
लेख २०६३ जेष्ठ ४ गतेमा जग सुरैयाले र २०७२ सालमा एसडीमुनीले त्यही
पत्रिकामा 'नेपाल टुक्रयाएर भारत र चीनले खानुपर्छ ' भन्ने लेख लेखेर
नेपालको राष्ट्रियतामाथि आक्रमण गर्ने धृष्टता गरे । भारतका यी दुष्ट
लेखकहरु भारतीय गुप्तचर संस्था 'रअ' को षडयन्त्रको समर्थनमा भारतीय
प्रशासनिक संयन्त्र आवद्ध छन् । सुशील कोइरालालाई कृष्ण सिटौलालाई
महामन्त्री बनाउनु भनेर भारतका एसडीमुनीले आदेश दिएको २४ घण्टाभित्रमा
सुशील कोइरालाले महामन्त्री बनाएका थिए।
कृष्ण सिटौला र माओवादीका बाबुराम भट्टराईको नेपाल बिरोधी कुख्यात
एसडीमुनी र भारतीय गुप्तचर संस्थासँग नजिकको सम्बन्ध रहेकाले कृष्ण
सिटौला र बाबुराम भट्टराई यी दुई व्यक्तिहरुको लहैमा लागेर आज कांग्रेस,
एमाले, माओवादी र नाम चलेका कथित बुद्धिजीवीहरु समेत फसेका छन् । यस्ता
गद्दार अपराधीहरुका कारणले नेपालको भविष्य अन्धकार हुन पुगेकाले यस्ता
कुख्यात अपराधीहरुलाई राज्यले राष्ट्रद्रोहमा कारवाही गरेर कठोर सजायँ
दिनसक्नु पर्छ । पार्टीहरुभित्र पनि सबै राष्ट्रघाती छैनन् । देशको
राष्ट्रियतालाई कमजोर पार्ने निरर्थक बहसहरु उठाएर विदेशीको पासोमा हामी
कसैले पनि फस्नु हुन्न । देशद्रोही गलत नेताहरुलाई समयमै कारवाही गनु
हामी देशभक्तहरुको कर्तव्य हो ।

पार्टीका गद्दार नेताहरुले धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता जस्ता
राष्ट्रघाती बुँदा 'सीआईए' र 'रअ' को एजेण्डालाई बोकेर देशको अस्तित्वमा
खेलवाड गर्ने काम गरेका छन् । २०६३ सालको जनआन्दोलनको आशय बुझेर
आन्दोलनकारी नेताहरुसँगको सहमतिमा राजाले सत्ता हस्तान्तरण गरेपछि
कांग्रेस, एमाले र माओवादीले राजालाई धोका दिएर विस्थापित गर्न खोज्नु
कति ठूलो राजनीतिक धोका हो । राजासँगको सम्झौतापछि जनआन्दोलन रोकिएको हो
। त्यसलाई बिर्सेर कहिले पनि निकाश प्राप्त हुन सक्तैन । नेपाली जनता
चाहन्छन्– हिन्दुअधिराज्य, संवैधानिक राजसंस्था कायम होस्, देशले नयाँ
बाटो पाओस्, जनताले काम पाउन्, देशभित्र विदेशी चलखेल नरहोस्, ठालुतन्त्र
र भ्रष्टाचार समाप्त होस् ।
5)

प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्रीको निर्वाचनमा विदेशीले पैसाको खोलो
बगाउँछन्, प्रधानमन्त्री बन्ने व्यक्ति कुनै हालतमा नेपालको हुन सक्तैन !

संविधान निर्माणको बहसमा प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन सबैभन्दा
राम्रो हुन्छ भनेर बाबुराम भट्टराईले त ज्यानै दिउँला जस्तो गरेर
प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्ने भन्दै हौवा खडा गरेका छन् । तर
नेपालको सन्दर्भमा प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन सबैभन्दा खतरनाक
हुन्छ । प्रत्यक्ष प्रधानमन्त्रीको चुनावमा पश्चिमाहरुले पैसाको खोलो
बगाउँछन् र आफूले चाहेको काम गर्ने प्रधानमन्त्री बनाउँछन् । यस अवस्थामा
नेपालको प्रधानमन्त्री देशभक्त, इमान्दार, योग्य कहिले चुनिन सक्तैन
किनकि पैसाको अगाडि जनमतको केही कदर हुँदैन । विदेशीबाट करोडौं पैसा खर्च
गरेर प्रधानमन्त्री बन्ने व्यक्ति कुनै हालतमा नेपालको हुन सक्तैन ।

यसै गराउन बाबुराम भट्टराई कसरत गर्दैछन् । त्यसैले यस्तो काम नलाग्ने
कुरा गर्नेहरुलाई मुर्कुट्टा भन्नुपर्छ, जसको टाउकै हुँदैन । संसदीय
व्यवस्थामा सबैभन्दा राम्रो पद्धति निर्वाचित संसदबाटै प्रधानमन्त्रीको
छनौट गर्ने हो । त्यसैले संसदबाटै प्रधानमन्त्रीको निर्वाचन हुनुपर्छ ।
यहाँ राष्ट्रपतिको निर्वाचनको कुरा पनि छ । नेपालमा प्रत्यक्ष वा संसदबाट
निर्वाचित राष्ट्रप्रमुख नेपालमा फापसिद्ध हुनै सक्तैन । राष्ट्रपति
कांग्रेस, एमाले, माओवादी वा कुनै पार्टीको, जनजाति, मुसलमान,
क्रिस्चियनको तर्फबाट वा कुनै विदेशीले उचालेको तर्फबाट उम्मेद्वार हुन्छ


नेपाल जस्तो देशमा राष्ट्रपतिको निर्वाचन नै नेपाल डुब्ने कारण हुनसक्छ ।
यसले चीन, भारतबीचमा सन्तुलन कायम गर्न नसक्ने, विभिन्न जातजातिबीच
समन्वय गर्न नसक्ने, साम्प्रदायिकता, धार्मिक असन्तुष्टिको कारणले
नेपालमा कहिले पनि स्थिरता कायम हुन सक्तैन । त्यसैले नेपालमा
राष्ट्रपतिको व्यवस्था हुनु नै हुँदैन । संसदबाट पारित कानुनअनुसारको
संसदको नियन्त्रणमा रहने स्थायी राष्ट्रप्रमुखको रुपमा उही राजसंस्था
यथावत कायम हुनुपर्छ । यो नै सबैभन्दा राम्रो विकल्प हुन्छ । २०६३ सालको
जनआन्दोलनपछि जेष्ठ ४ गते संसदीय घोषणाका राजसंस्था बारेमा जुन बुँदा
राखिएको थियो त्यसैलाई निरन्तरता दिए पनि हुन्छ । यदि यसो नभएर
गणतन्त्रकै बाटोमा लाग्ने हो भने यो देश बाँच्दैन र हामी नेपालीहरु
देशैभित्र शरणार्थी बन्ने दिन आउँछ ।
5) विश्वको एकमात्र हिन्दुअधिराज्यको रुपमा आफ्नो पहिचान दिएर उभिएको देश
हो–नेपाल । (From the beginning of the unification of greater Nepal,
Prithvi Narayan Shah had unified more than 54 Hindu states (Gorkha,
Kaski, Palpa, Makawabpur, Baisee, Chubise, Nuwakot, Kritipur,
Kantipur, Bhaktapur, Latitpur, Chudandi and such Hindupati-Hindu
states and then Nepal automatically calls United Hindu kingdom, but
not Hindu Rastra and Hindu state) नेपालको राष्ट्रिय झण्डा, हिन्दु
अधिराज्य नेपालको पहिचान हो । ५४ भन्दा बढी स–साना हिन्दु राज्यका
जनतालाई मिलाएर पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गरेर बनेको
उसबेलादेखिको नेपाल हिन्दुअधिराज्य हो । जर्मनका विद्वान भोल्टेयरले
भनेका थिए–'हिन्दुशास्त्र पश्चिमी जगतको लागि पूर्वीय जगतको सबैभन्दा
उपहार हो ।' इरानको फारसीपोलिसनगरमा ईशाभन्दा ४८६ वर्ष पुरानो दारा
हस्तास्पको स्मारकको शिलालेखमा 'हिन्दु' र हिन्दुस दुबै ' उल्लेख छ ।
इरान देशको फार्सी सम्प्रदायको प्राचीन ग्रन्थ 'शातीर' मा ब्यास ऋषिको
वाक्य "म हिन्दु देशमा जन्मिएको सच्चा हिन्दु हँु" भन्ने कुरा उल्लेख छ ।
२०६८को जनगणनामा लगभग ८३ प्रतिशत हिन्दुहरुको संख्या देखियो । ओंकार
परिवार- बौद्ध, किराती, जैन, शिखधर्म समेत ९६ प्रतिशत हामी ओंमकार परिवार
छौं । हिन्दु धर्मभन्दा धेरै पछिका मुस्लिम, क्रिस्चियन् धर्महरुले
धर्मसापेक्षराष्ट्र घोषित गर्ने अनि नेपालले चाहीं धर्मनिरपेक्ष
हुनुपर्ने ? नेपालमा राई,लिम्बू, मगर, गुरुङ, नेवार, ब्राह्मण,क्षेत्री,
कामी दमाईं, सार्की, मैथिली, भोजपुरी, अवधि,शेर्पा, तामाङ हामी सबै
हिन्दु-बौद्ध हौं ! हिन्दुअधिराज्य र राजसंस्थाको बिरोध गर्नेहरु
देशद्रोही हुन् । गणतन्त्र, धर्मनिरपेक्ष, संघीय राज्य विदेशीहरुका बुँदा
हुन् । नेपालमा राजसंस्था विस्थापित गर्न खोजिएको बेलादेखि नेपालमा
चौतर्फी संकटले सीमा नाघेको छ । अतः हिन्दुअधिराज्य र संवैधानिक
राजसंस्था रहिरहोस् ।
–दीर्घराज प्रसाई

Dirgha Raj Prasai

Pl see my blogs;


Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!

No comments:

Post a Comment