Palash Biswas On Unique Identity No1.mpg

Unique Identity No2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Zia clarifies his timing of declaration of independence

What Mujib Said

Jyoti basu is DEAD

Jyoti Basu: The pragmatist

Dr.B.R. Ambedkar

Memories of Another Day

Memories of Another Day
While my Parents Pulin Babu and basanti Devi were living

"The Day India Burned"--A Documentary On Partition Part-1/9

Partition

Partition of India - refugees displaced by the partition

Friday, May 15, 2015

सरकार, हामी मरेका छैनौं THIS ARTICLE REFLECTS THE CURRENT VOICE OF THE NATION

सरकार, हामी मरेका छैनौं

नेपाल आमा  नरोऊ तिमी  दिंदैनौ हामी त्यो शीर झुक्न
ज्युँदो छ अझै सन्तान तिम्रो बगेका तिम्रा ती आँसु पुछ्न। 

धेरै भूमिका नबाधौं । देश–विदेशमा बस्ने हामी सबैलाई थाहा छ, देशमा के भयो ? जीउधनको क्षति कति भयो ? अझै अनुमानमात्र छ । संख्या थपिंदै छ । महाविपद् आइलाग्यो । एकाएक लाखौं जनताको क्रन्दन सडकभरि गुन्जियो । भोकै–प्यासै जनता लड्न बाध्य भए । सरकारसँग केही थिएन । एकथान त्रिपाल, एकपोका चाउचाउ, एक बोतल पानी पनि सरकारले जनतालाई समयमा दिन सकेन । 
होस् पनि कसरी ? त्रिपालको कुरै छोडौं, एक बोतल पानी किन्दा पनि दलदेखि दलदल बनेको कर्मचारीतन्त्रसम्म कमिसन र भागबण्डा मिल्नुपर्छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको रंगीन चार्टमा देखिने नेपालको नक्सामा गाढा रातो त्यसै थपिंदै गएको हैन । अपवाद छोडेर भ्रष्ट नेता र कर्मचारीको देश भनेर चिनिएको नेपाल अहिले दैवीय वज्रको प्रहारले पनि चिनिएको छ । विदेशी सदाशयता व्यवहारमा भन्दा प्रचारमा बढी छ । 
अब पनि हामीले नगरे कसले गर्छ ? 
प्रश्नको सीधा उत्तर आउन सक्छ– सरकारले । देश हाँकेका हैन, सत्तामा बसेकाहरूको स्वर एउटै छ । निर्माण–पुनर्निमाण गर्ने । विदेशी दातासामु हात फैलाउने, माग्ने । 
सरकारले आफ्नै जनताको विश्वास जित्न सकेन । विदेशीले पनि खासै पत्याएका छैनन् । प्रधान मन्त्री राहत कोषमा रकम जम्मा गर्न अगुल्टाले हानेको कुकुर बिजुली चम्किंदा तर्सिने जस्तो गरी जनतादेखि विदेशी दातासम्म तर्सिए ।
सरकार नाउँको झुण्ड छ, तर सरकारजस्तो छैन । सरकारमा कस्तासम्म मान्छे छन्, अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याती भएको एउटा भिडियो अन्तर्वार्ता हेरे थाहा हुन्छ । 'वामदेव–धमला' चरित् त्यो भिडियो हेर्ने हरेक नेपालीलाई आज लज्जाबोध भएको छ । 
देशको उप प्रधान तथा गृह मन्त्रीलाई आफ्ना जनता, राष्ट्रसेवक प्रहरी–सेना–कर्मचारी, छिमेकी राष्ट्र, मित्रराष्ट्र, सहयोगी तथा दातालाई सम्बोधन गर्ने उपयुक्त र शालिन शब्दको समेत ज्ञान छैन । सार्वजनिकरूपमा उनी 'उनोरु' र 'तिनोरु' जस्ता लाजमर्दा शब्द लगाएर बोल्छन् ।  
भागबन्डा र त्यसभित्र पनि ठूलो धम्की, घुर्की र बपौतीबापत लिएको गृहको नेतृत्वले एमालेलाई लज्जाबोध गराएको छ कि छैन तर देश र जनताको बेइज्जती भने मजाले भएको छ । दोष एमालेको मात्र छैन, सबैको छ । अहिले सबै दलका नेतृत्वप्रति जनतामा कुनै आशा छैन । विश्वास छैन । भरोसा छैन । यसका लागि दोषी दलमात्र छैनन्, हामी जनता पनि छौं । जसले यस्तैलाई नेतृत्व सुम्पियौं । 
अब पनि पार्टीगत भागबन्डा, पालोपैंचोमा सत्तारोहण गर्ने हो भने त्यो नेतृत्वलाई पनि न जनताले विश्वास गर्छन्, न शुभचिन्तक दाता र सहयोगी देशले । अहिले देशले विकल्प खोजेको छ । युवा र गतिशील नेतृत्व चाहेको छ । दूरदर्शी, पारदर्शी र प्रेरणादायक मूलीको खाँचो छ देशलाई । 
सरकारले केही गर्ला तर हामीलाई दयाको पात्र बनाउँछ । भीख माग्छ । दाताहरु दिन्छन् तर त्योभन्दा बढी लिन्छन् । राहतमा बाइबल पनि बाँडियो भन्ने सुनिन्छ । डेशमण्ड टुटुको आवाजले सन्देश दिइरहेको छ । सुन्न र बुझ्न जरुरी छ–  'जब मिसिनरिजहरु अफ्रिकामा आए, उनीहरुसँग बाइबल थियो, हामीसँग देश थियो । उनीहरुले भने– हामीलाई प्रार्थना गर्न देऊ ! हामीले आँखा बन्द गर्यौं । जब हामीले आँखा खोल्यौ, बाइबल हामीसँग थियो, देश उनीहरुसँग ।
विदेशी दाता चाहिँदैन  
नीति र निष्ठा चाहिएको छ । संकल्प र इमानदारिता चाहिएको छ । कुनै विदेशी दाता चाहिएको छैन । हाम्रो देश हामी आफैं बनाउन सक्छौं । सरकार, हामी मरेका छैनौं !
दक्षिण कोरियाबाट प्रेरणा लिऊँ देश बनाऊँ । पचास वर्षअघिसम्म दक्षिण कोरियाको अवस्था नेपालको भन्दा खराब थियो । हामी जस्तै जीविकोपार्जनका लागि लाखौं कोरियाली बाहिरिएका थिए । भनिन्छ– विदेशिएका कोरियालीले आफ्नो गाँस काटेर देश निर्माणमा सहयोग गरे ।
किन गरे ? असल सरकार पाए । कोरियालीहरुमा देश निर्माणको उत्साह जाग्यो । त्यो उत्साहले आजको समृद्ध कोरिया निर्माण ग¥यो । राष्ट्रिय स्वाभिमान उँचो बचायो । 
हामीभित्र पनि त्यो उत्साह नभएको हैन तर सरकारले जगाउन सकेको छैन । तैपनि धेरै स्वस्फूर्त हात र मन अगाडि बढेका छन् । कोरियालीहरुले जस्तै हामी आफ्नो देश आफैं बनाउन सक्छौं । संसारमा धेरैले आफ्नो देश आफँै बनाए, हामी किन सक्दैनौ ? भावना छ, ऊर्जा छ, साहस छ तर वातावरण छैन । त्यसैले उत्साह छैन । 
अहिले अखबारतिर अएका केही विज्ञका सोच र सल्लाह हेर्ने हो भने जनताका लागि पाँच लाख रुपियाँको हाराहारीमा घर बनाउन सकिन्छ । यदि हो र सकिन्छ भने विज्ञहरुसँग सल्लाह गरेर सरकारले नीति ल्याओस्, आह्वान गरोस्, चार–पाँच लाख घर बनाउन कुनै दाता चाहिँदैन । हामी विदेशमा बस्ने नेपाली मरेका छैनौं । भूकम्पमा धेरै नेपाली मरे तर बाँचेको नेपालीको साहस मरेको छैन । मुठी खोल्ने धेरै हुन्छन् । 
विदेशिएका झण्डै पैतीस लाख नेपालीमध्ये आधाभन्दा बढीको बसोबास जापान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोप, हंगकंग, सिंगापुरमा होला । यो क्षेत्रमा बस्ने नेपालीका लागि दुई–चार लाख भनेको दुई तीन हजार डलर हो । सरदर नेपालीको दुई–चार महिनाको बचत हो । 
मेरो मातृभूमिलाई परेको यो विपद्मा मेरो सहयोग आवश्यक छ । मेरो जीवनको दुई–चार महिना मातृभूमिलाई दिन्छु भन्ने एउटा मानवतावादी सोच उमार्न सके नेपाल पुनर्निर्माण हुन्छ । म सक्छु, म गर्छु भन्ने एउटा संकल्प चाहिन्छ । मैले संकल्प गरेको छु । यद्यपि अहिले मेरा लागि दुई–चार हजार डलर भनेको दुई–चार महिना हैन, वर्षभरिको बचतभन्दा बढी हुन सक्छ । तर पनि मेरो जीवनको एक वर्ष मातृभूमिका लागि ।  
एक घरको लागत पाँच लाख हैन, दश लाख नै होस् । सक्नेले बीस–तीस–पचास पनि बनाइदेलान् । नसक्नेले पाँच–दश मिलेर एक बनाइदेलान् । एनआरएनहरु भनिरहेका छन्– हामी बनाउँछौ । देशका उद्योगी–व्यापारी पनि तयार हुँदैछन् । देशभित्रकै दाता र समाजसेवी पनि अघि बढ्दैछन् । धेरै मनकारी मन उदाउन सक्छन् । मलाई लाग्छ, हामी विदेश बस्ने नब्बे प्रतिशत नेपाली हातमा हात, काँधमा काँध र साथमा साथ मिलाउन तयार हुन्छौं । विदेशमा भएका नेपालीले जुन तदारुकता र उत्साह राहत संकलनमा देखाए, त्यही 'स्पिरिट'मा देश निर्माण–पुनर्निर्माणमा पनि नेपाली जुट्छन् तर सरकार, सरकार जस्तो हुनुपर्छ । आँटिलो, विश्वासिलो, भरपर्दो । सरकार भनेको जनताको संरक्षक हुनुपर्छ । श्रद्धा र सम्मान गर्न लायकको हुनुपर्छ । 
असहाय जनताका घर बनाउन देश/विदेशका नेपालीलाई आह्वान गरोस् । स्कुल–कलेजको जिम्मा सेना र सशस्त्र प्रहरीको संयोजनमा छिटोभन्दा छिटो गरोस् । पुरातात्विक क्षेत्रको जिम्मा सरकार आफूले लेओस् । सुन्दर नेपालको परिकल्पना टाढा छैन । 
मातृभूमिको माया कसलाई छैन ? त्यो धरहरा ढल्दा म आफैं ढले जस्तो भएको छ । त्यो काष्ठमण्डप भत्कँदा आफ्नै जीवन भत्किए जस्तो भएको छ । वसन्तपुरको नौ तले खस्दा आफ्नै शिर खसेजस्तो भएको छ । त्यहाँका इँटा र ढुङ्गाले आफैँलाई पुरेजस्तो भएको छ । नेपाल आमाको छाती चिरिँदा आफ्नै छाती चिरिएजस्तो भएको छ । धेरैलाई गहिरो पीडा अनुभूत भएको छ । यस्तो मानसिक पीडामा डुबेका सबै नेपाली सहयोग गर्न तयार छन् । 
तर देश–विदेशमा बस्ने हामी नेपालीको एउटा अर्को प्रश्न र सर्त पनि छ– संविधान कहिले बनाउँछौ ? आठ वर्षसम्म देशलाई संविधान नदिएर बन्धक बनाउने ६०१ को बगाललाई अझै किन पाल्ने ? अब केले पाल्ने ? तपाईँहरुले कुन नैतिकताका आधारमा देशको वार्षिक अरबौं रुपियाँ खाने ? 
म यहाँ पनि दोहो¥याउन चाहन्छु । सभासद्ज्यूहरु, भन्नुस् कहिले दिनुहुन्छ संविधान ? कि संविधान दिनुस् कि त्यो गरिब देशको ढुकुटीबाट तलबभत्ता नखानुस् । तपार्इँहरुभित्र नैतिकता भन्ने तत्व जिउँदो छ भने छनोट गर्नुस् ? हैन, नैतिकताको मर्मलाई आफ्ना फोहोरी पैतालाले थिच्छु भन्नुहुन्छ भने भोलि तपाईँहरु मानवताबिहीन घृणाको पात्र मान्छे मात्र बाँकी रहनुहुन्छ । आजै संकल्प गर्नुस्, संविधान नबनेसम्म तलबभत्ता लिन्नांै भनेर । त्यो पैसाले जनताको घरबार जोडिदिनुस् । त्यसमा थप्न हामी पनि तयार छौं, जोड्न तयार छौं । 
एउटै मान्छे एकै समयमा नेता र असल नेता किन हुन सक्दैन ? समस्या एउटै छ– नैतिकता । त्यो नभएपछि मान्छे, मान्छेमात्र बाँकी रहन्छ । मानव हँुदैन । मानव बन्ने प्रयत्न गर्नुस् । मानवताको आभूषण हो, नैतिकता । सबैभन्दा महँगो उपहार हो, नैतिकता । जसले पहिरिन्छ त्यही महान् हुन्छ ।  अर्को महत्वपूर्ण कुरा, काठमाडांै उपत्यकाभित्र भत्किएका आधुनिक घरमध्ये पचास प्रतिशत मापदण्डभन्दा बाहिरका भएको कुरा प्रकाशमा आएको छ । लाखौं घर मापदण्डविपरित बनाइएको अनुमान छ । 
गोंगबुमा एउटै घरमा पचासौं मान्छे मारिए । जुन घर 'गोंगबुको ज्यानमारा घर' कहलियो । तीन आनामा बनेको पाँचतले त्यो घरमा पिलर पनि उठाएको थिएन रे । यस्ता कति हो कति छन् । कति ढले, कति बाँकी नै छन् । जनता मार्ने ती ज्यानमारा घरको स्वीकृति दिने को हुन् ? मापदण्ड नाघेर बनाउने को हुन् ? कसले ग¥यो यो लापरबाही ? कसले ग¥यो यो जघन्य अपराध ?
अब छिटोभन्दा छिटो प्राविधिकसहितको जाँचबुझ आयोग बनाएर ती सबैको खोजी गरिनु जरुरी छ । कति ढले कति बाँकी छन् ? बाँकी रहेका मापदण्डभन्दा बाहिरका घर तुरुन्त भत्काउन लगाउनुपर्छ । भोलिका दिनमा बाँकी मान्छे सुरक्षित हुन् । मापदण्ड विपरित निर्माण गरिएका घरको खोजी गर्न सरकाले टोलछिमेकीबाट उजुरीसमेतको आह्वान गरेर छानबिन गरे सजिलो हुन सक्छ ।  मापदण्ड नाघेर बनाउन स्वीकृति दिने र बनाउने सबैलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ । ताकि त्यो दुस्साहस फेरि कसैले गर्न नसकोस् । फेरि ज्यानमारा घर नठडिउन् । फेरि जनताले ज्यान गुमाउनु नपरोस् । 
अन्त्यमा,  हात थापे दिन्छन् तर दिएवापत के लिन्छन् ? त्यो हामीलाई थाहा छ । हामीले थोरै लिएर  धेरै गुमाइसक्यौं ?  अब धेरै हात नथापौं । हामी आफैं गर्न सक्छौं । सेवा र दान धनले मात्र हैन, मनले गर्ने हो । देश–विदेश बस्ने नेपालीको मन मरेको छैन । हो, सरकार ! हामी मरेका छैनौं ! - See more at: http://nagariknews.com/opinion/story/38037.html#sthash.Ps0NcUZG.dpuf

No comments:

Post a Comment