Palash Biswas On Unique Identity No1.mpg

Unique Identity No2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Zia clarifies his timing of declaration of independence

What Mujib Said

Jyoti basu is DEAD

Jyoti Basu: The pragmatist

Dr.B.R. Ambedkar

Memories of Another Day

Memories of Another Day
While my Parents Pulin Babu and basanti Devi were living

"The Day India Burned"--A Documentary On Partition Part-1/9

Partition

Partition of India - refugees displaced by the partition

Sunday, February 17, 2013

मङपुमा शीतकालीन फूटबल प्रशिक्षण समाप्त

मङपुमा शीतकालीन फूटबल प्रशिक्षण समाप्तhttp://mungpoonews.blogspot.in/2013/02/blog-post_17.html
मङपु १७ फरवरी(केशर मोक्तान) : स्थानीय खेलाडीहरुलाई फूटबलप्रति प्रोत्साहन दिलाउन मङपु फूटबल एकादमीको तत्वधानमा डिसेम्बर महिनाको दोस्रो साता देखि मङपू जनमैदानमा शुरु गरिएका शीतकालीन फूटबल प्रशिक्षणशिविर  आज आएर समाप्त भएको छ | के.एम राईको अध्यक्षतामा सम्पन्न भएको उक्त फूटबल प्रशिक्षण शिविरलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथि एवं क्षेत्रीय सभासद रतन थापाले भविष्यमा मङपुबाट पनि भाइचुङ भुटिया  अनि सुनिल छेत्री जस्तो राष्ट्रिय स्तरको अबल खेलाडीहरु  पनि निक्लने उद्देश्यले यस प्रकारको फूटबल प्रशिक्षण आयोजन गरिएको जनाए | उपस्थित अतिथिहरुलाई स्वागत जनाउदै सभासद रतन थापाले स्मृति स्वरुप उनीहरुलाई  मोमेन्टो प्रधान गरे | मोहनबगान टोलीलाई  सहयोगको निम्ति आभार व्यक्त गर्दै यहाँका खेलाडीहरुलाई राष्ट्रिय स्तर सम्म पुराँउन निम्ति  स्थानीय अभिभावकहरुको पनि पूर्णरुपले सहयोग र योगदानको खाचो रहेको थापाले जनाए | समापन कार्यक्रमलाई सम्बोधन गर्दै बिशिस्ट अतिथि मोहन बगान सेलका श्याम लामाले मङपुका युवा खेलाडी नसीब तामांगलाई मोहन बगानमा लगिसकिएको छ भने अन्य थुप्रै नसीबहरु अझै  यहाँबाट आगामी दिनमा लैजाने कुरो बताए | किरण पाख्रीनले  संचालन गरेको समोरहमा अन्डर १५ अनि अन्डर १९ माझ रोचक खेल सम्पन्न भयो | अन्डर १९को फूटबल खेल मङपु युनाइटेड बनाम कलिम्पोंग युनाइटेड माझ सम्पन्न भयो जसमा कलिम्पोंग विजय बने | त्यस खेलमा अंशग्रहण गर्ने सम्पूर्ण खेलाडीहरुलाई अतिथिहरुको बाहुलीबाट ट्रफी प्रधान गरियो भने एकादमिका नानीहरुलाई प्रसिक्षण दिने प्रशिक्षक सुबास रोय अनि भरत छेत्रीलाई सम्मान जनाउदै रतन थापाको बाहुलीबाट मोमेन्टो प्रधान गरीयो | आजको फूटबल समापन कार्यक्रमलाई अझ रोचक पार्न विशिष्ट अथितिको रुपमा मोहन बगानसेलको पक्षबाट तपन बोस,पार्थ च्याटेर्जी,दुलाल बानिक श्याम लामा अनि मङपु फूटबल एकदामी सयोजक प्रदीप छेत्री,सल्लाहकार भूपाल मोक्तान,बुद्ध कुमार थापा, देबेन्द्र राई अनि मोर्चा मङपु जोन सभापति प्रदीप छेत्री उपस्थित थिए |

No comments:

Post a Comment