Palash Biswas On Unique Identity No1.mpg

Unique Identity No2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Zia clarifies his timing of declaration of independence

What Mujib Said

Jyoti basu is DEAD

Jyoti Basu: The pragmatist

Dr.B.R. Ambedkar

Memories of Another Day

Memories of Another Day
While my Parents Pulin Babu and basanti Devi were living

"The Day India Burned"--A Documentary On Partition Part-1/9

Partition

Partition of India - refugees displaced by the partition

Wednesday, January 20, 2016

“पिपल अफ नेपाल छापिएपछि (बुवालाई) राजद्रोहको मुद्दा लगाउन लविङ भयो; नेपाल टुक्र्याउन खोजेको आरोप लाग्यो ।" - हिक्मत विष्ट

"पिपल अफ नेपाल छापिएपछि (बुवालाई) राजद्रोहको मुद्दा लगाउन लविङ भयो; नेपाल टुक्र्याउन खोजेको आरोप लाग्यो ।" - हिक्मत विष्ट

Posted by The Himalayan Voice:
[सूचना विभागको डाइरेक्टर नारायण बाँस्कोटा (डा.अशोक बाँस्कोटाका बुवा) ले किताब छाप्छु भनेका थिए । पिपल अफ नेपाल छापिएपछि राजद्रोहको मुद्दा लगाउन लविङ भयो । नेपाल टुक्र्याउन खोजेको आरोप लाग्यो । देशका विविध जातजाति र तिनका भाषा-संस्कृतिबारे लेखेर सबैलाई सचेत गराइदिएकोमा हिन्दुकरणका पक्षपातीहरू आक्रोशित थिए । एकातिर राजा महेन्द्रले डोरबहादुर विष्टलाई राजद्रोह लगाउनपर्छ भन्नेका कुरा सुन्दै गर्दा तत्कालीन युवराज वीरेन्द्रको विदेशीलाई दिने उपहार नै पिपल अफ नेपाल बनिसकेको थियो । विदेश भ्रमण जाँदा होस् वा नेपालमै विदेशी भेट्दा 'नेपाल बुझ्न यो पढ्नुपर्छ'भन्दै 'पिपल अफ नेपालदिन्थे । सरकारकै निकाय (सूचना विभाग) किताब छाप्नेयुवराज किताब उपहार दिने लेखकमाथि राजद्रोहको मुद्दा लगाउन लविङगज्जबको अवस्था बनेको थियो ।]

प्रश्तुति  सुजित महत

बुवा हराएको २० वर्ष बित्यो । जुम्लाबाट ११ जनवरी १९९६ मा नेपालगन्ज विमानस्थल उत्रिनुभएका बुवाको त्यही दिन काठमाडौं आउने टिकट थियो । काठमाडौंमा जाडो छ,केही दिन धनगढी बस्छु भनेर बस चढेपछि उहाँ सम्पर्कमा हुनुहुन्न । जनवरी १७ उहाँको जन्मदिन हो । यो समय परिवारलाई भावुक बनाउने,बिझाउने बेला हुन्छ । पहिला उहाँ हुनुहुन्न भन्ने लाग्थेन । कहाँ हुनुहोलाके गरिरहनुभएको होला भन्ने मनमा आउँथ्यो । 

समय घर्किंदै गएपछि हुनुहुन्छ कि हुनुहुन्न होला भन्ने लाग्न लाग्यो । तैपनि उहाँ हुनुहुन्छ भन्ने आस कायम छ । हराएको बेला ६९ वर्षका बुवा एकदम स्वस्थ्य हुनुहुन्थ्यो । कुनै रोगव्याधीले आक्रमण गरेको थिएन । बुवाका साथी उपेन्द्रमान मल्ल सक्रिय नै हुनुहुन्छ । विश्ववन्धु थापा उहाँभन्दा जेठो हुनुहुन्छ । यो बेला बुवाको विचार,अहिलेको अवस्थामा विचारको सान्दर्भिकतबारे परिवारमै छलफल पनि गर्छौं ।

पुख्र्यौली थातथलो कालीकोट हो । पृथ्वीनारायण शाहले काठमाडौं चढाई गर्नुअघि नै पुर्खा काठमाडौं भित्रिसकेका थिए । हाम्रो थातथलो ललितपुरको झरुवारासी हो । कालीकोटबाट उपत्यका छिरेका विष्टहरू अहिलेको ललितपुरमा धेरै छन् । बागमती नजिक अहिलेको ललितपुरमा विष्टहरू काठमाडौंमाभन्दा बेसी छन् ।

बाल्यकालमा फर्केर बुवालाई सम्झिन्छु । उहाँ हामीलाई सोझै पढपढ भनेर दबाब दिनुहुन्नथ्यो । बरु पढनका लागि वातावरण मिलाइदिने खालको स्वभाव थियो । त्यो बेला बुबाले चेसस्क्र्याबल ल्याइदिएको सम्झन्छु । पकेट डिक्सनरीएटलास उपलब्ध गराइदिने गर्नुहुन्थ्यो । उहाँको यो तरिकाले हामी सबै अभिभावकले पढ भनेर कर गर्नै नपर्ने किसिमको भयौं । अनि कुनै कुरा सिक्न खोज्दा हौस्याउने बानी थियो उहाँको । पौडी खेल्न जानुपर्‍यो भन्दा सिक्नुपर्छ भनेर हौस्याउनेरूख चढ्न पनि हुँदैन नभन्ने । 

यसरी छुट दिँदा बच्चा निर्भीकआत्मनिर्भर बन्ने रहेछन् । यसैले उहाँ समय-परिस्थितिभन्दा निकै अघि सोच्ने हुनुहुन्थ्यो । तैपनि बुवाको खासै टाइम हामीले पाएनौं । उहाँ यायावर स्वभावकोघुम्ने-खोजी गर्न हिँडिरहने । घरबाट निस्केपछि महिनौं नफर्किने । विदेश गएपछि वर्षौ । छोराछोरीको प्रेरणा बनिदिनुभयोडोहोर्‍याउन टाइम उहाँसँग थिएन । बुवाकै कारण सानैदेखि घुम्ने बानी बनेको थियो ।

सामन्ती प्रभावको समाजमा उहाँ दरबारले पत्याएका मान्छे । तैपनि त्यति पहिले नै यस्तो विद्रोही चेत कहा"बाट आयो होला भनेर घोत्लिन्छु । विष्टहरू हृष्टपुष्ट थिएसैनिक हुन्थे । राणाकालको अन्ततिर लिम्बुवानमा विद्रोह भएपछि बबरशमशेरले मेरो हजुरबा मेजरलाई सैनिक टुकडी लिएर दमनमा जान भनेछन् । उहाँले सोझै नेपाली दाजुभाइसँग लड्न जागिर खाएको हैन भनेर इन्कार गर्नुभएछ । बुवामा विद्रोही स्वभाव रगतमै थियो होला ।

बुवा बडा अव्यवस्थित हुनुहुन्थ्यो । अनुशासित रुटिन थिएन । घरमा छँदा बिहान चाँडै उठेर बगैंचाको स्याहार गर्नु उहाँको नियमित काम थियो । लेखपढमा केही रुटिन थिएन । दुईतीन दिन पढेको पढ्यै पनि गर्नुहुन्थ्योदुईतीन दिन किताबै नछोइ पनि बिताइदिनुहुन्थ्यो । मुडअनुसार काम गर्ने स्वभाव थियो । लवाइमा तडकभडक थिएन । जागिरमा दौरासुरुवाल लाउनै पर्ने । अरूबेला जे सजिलो हुन्छ त्यो लगाउने गर्नुहुन्थ्यो । आफैं गएर राम्रा लुगा किन्ने उहाँलाई फुर्सद थिएन । दौरा च्यातिएछ भने तुन्द्याओ न त भन्नुहुन्थ्यो । तर सफा टक्टकार हुनुपर्थ्यो।

उहाँ त्रिचन्द्र कलेजबाट बीए पास । लेखपढमा औधी रुचि । शेर्पाबारे अनुसन्धान गर्न नेपाल आएका ब्रिटिस प्रोफेसर हाइमन्डर्फको सहयोगी भई शेर्पाको अनुसन्धान गर्न सोलुखुम्बु गएपछि उहाँको बाटो बदलियो । हाइमन्डर्फको संगतमा उहाँमा जातजातिको अध्ययन गर्ने प्यास जाग्यो र अनुसन्धान विधि पनि सिकायो । तरतिनै हाइमन्डर्फ उनका अध्ययनमा तगारो बनिदिए । सन् १९६०१९६२ उहाँ युनिभर्सिटी अफ लन्डनमा अध्यापन गर्नुहुन्थ्यो । उहाँले मानवशास्त्रमा डिप्लोमा गर्नुभयो । थप अध्ययन गर्ने वातावरण बिथोलिदिन थाले ।

हाइमन्डर्फ नेपाल बुझेको विद्वानको रूपमा पश्चिमा देशमा कहलिइसकेका थिए । सँगै काम गर्दा बुवाको मेधावी पनि नबुझ्ने कुरै थिएन । नेपाल विज्ञको आफ्नो ताज खोसिएला कि भन्ने डर भयो । यसैले उनले पश्चिमा देशमा पढ्न नदिन हरसम्भव प्रयास गरे । मैले पनि बीए पास गरेपछि मानवशास्त्रमा पीएचडी गर्ने भएँ । 'सहयोग गर्ने हो ? ' भनेर एकचोटी हाइमन्डर्फलाई जिस्क्याएको थिए। उनले रातोपिरो मुख लाएर मलाई झम्टिउलाझै गरेका थिए । बुुवालाई रोक्न खोज्ने उनले मलाई सघाउने सम्भावना थिएनउनको सहयोग लिनु पनि थिएनखाली केभन्दा रहेछन् भनेर जा"च्न खोजेको थिए। मैंले फ्रान्समा पढ्ने प्रबन्ध मिलाएँमास्टर्स र पीएचडी पेरिसमै सकाएँ ।

पहिलो किताब 'पिपल अफ नेपाल' (सन १९६७) ले नै बुबालाई चर्चित बनायो । लन्डनबाट फर्केपछि यूएसएआइडी ज्वाइन गर्नुभएको थियोअनुसन्धानदाताको पदमा । त्यही रहँदा पिपल अफ नेपाल लेख्नुभयो । त्यो किताब लेख्दा हामी कालीमाटी बस्थ्यौं,बुवाको अफिस रविभवनमा थियो । लेख्नका लागि उहा"लाई राति अबेरसम्म बस्न पाउने सुविधा थियो । बुवा राति अबेरसम्म बसेर लेख्नु हुन्थ्यो । भाइ (केशरबहादुर विष्ट) र म टिफिन क्यारिअरमा भात लिएर यूएसएडको अफिसमा जान्थ्यौं । किताब सिध्याएपछि उहाँले जागिर छाड्नुभयो 

सूचना विभागको डाइरेक्टर नारायण बाँस्कोटा (डा.अशोक बाँस्कोटाका बुवा) ले किताब छाप्छु भनेका थिए । पिपल अफ नेपाल छापिएपछि राजद्रोहको मुद्दा लगाउन लविङ भयो । नेपाल टुक्र्याउन खोजेको आरोप लाग्यो । देशका विविध जातजाति र तिनका भाषा-संस्कृतिबारे लेखेर सबैलाई सचेत गराइदिएकोमा हिन्दुकरणका पक्षपातीहरू आक्रोशित थिए । एकातिर राजा महेन्द्रले डोरबहादुर विष्टलाई राजद्रोह लगाउनपर्छ भन्नेका कुरा सुन्दै गर्दा तत्कालीन युवराज वीरेन्द्रको विदेशीलाई दिने उपहार नै पिपल अफ नेपाल बनिसकेको थियो । विदेश भ्रमण जाँदा होस् वा नेपालमै विदेशी भेट्दा'नेपाल बुझ्न यो पढ्नुपर्छभन्दै 'पिपल अफ नेपालदिन्थे । सरकारकै निकाय (सूचना विभाग) किताब छाप्नेयुवराज किताब उपहार दिने लेखकमाथि राजद्रोहको मुद्दा लगाउन लविङगज्जबको अवस्था बनेको थियो ।

राजा महेन्द्रले कुरा सबैका सुने तर मुद्दा लगाउन मानेनन् । महेन्द्रले सरकारी निकाय छाप्नेयुवराज उपहार दिने अनि तिमीहरू मुद्दा लगाउनुपर्छ भन्ने फटाहाहरू भनेरे भन्ने सुनियो । जातजातिभेषभूषासंस्कृतिका बारे छर्लंग पारेर जनजाति भर्सेज बाहुन-क्षेत्रीको कलह रोपिदियो भन्ने अनुदार अहिले पनि नभेटिने हैनन् । तर आफ्नै देशका जातजातिको परिचय लेख्नुलाई गलत ठान्ने कस्तो प्रवृत्ति होला ।

सन् १९७२ देखि १९७५ बुबा ल्हासामा महावाणिज्य दूत हुनुहुन्थ्यो । फर्केपछि ल्हासाकै परिवेशमा 'सोतालाउपन्यास र 'रिपोर्ट फ्रम ल्हासालेख्नुभयो । उहाँ एउटै काममा लामो समय टिक्नुहुन्थेन । ल्हासाबाट फर्केपछि सरकारी सेवा निरन्तरता दिन चाहनु भएन । अघि १९५२ देखि १९५७ आदर्श कन्या निकेतनललितपुरको हेडमास्टर हुनुभएको थियो ।त्यसपछि शिक्षकहरूलाई तालिम दिने जागिर खाएर डँडेलधुरा र धरानमा बिताउनुभएको थियो । ल्हासाबाट फर्केपछि पञ्चायत जाँचबुझ केन्द्रमा केही समय काम गर्नुभयो ।

१९९१ मा प्रकाशित 'फेटलिजम एन्ड डेभलपमेन्टले नेपाली समाजलाई हल्लाइदियो । हिन्दुधर्मबाट विकृत भएर बनेको बाहुनवादले मुलुकको विकास हुन दिएन भन्ने उहाँको तर्क थियो । ब्राह्मणक्षेत्रीवैश्य र शुद्रमा वर्गीकरण गरी हिन्दु धर्ममा कट्टर बनाउने काम मनुस्मृतिले सुरु गर्‍यो । तिमीले गर्ने काम जन्मिुनुअघि नै निर्धारित छन्फुत्किन पाउँदैनौ भनियो । काम गर फलको आस नगरजुन कामका लागि जन्मिएका हौंत्यही गर भनियो । यो जुनीको फल अर्को जुनीमा पाउँछौ भनेपछि त मान्छेले काम नगर्ने भयोअर्को जुनीको आश गरेर बस्नुपर्ने भयो । मान्छे परिणाममुखी बन्दैन । भाग्यमा विश्वास गर्ने भएपछि अन्ततः विकास भएन भन्ने उहाँको निष्कर्ष हो ।

धेरैजना रिसाए । ब्राह्मण साथीहरू 'म पनि बाहुनखोइ म भाग्यवादी छैनभन्थे । पढालिखा अधिकांश बाहुन भएकाले एउटा दृष्टिकोणले मात्र हेर्ने गरियो । यो बाहुनमाथिको हमला ठानियो । अहिले पढालिखा विद्वान अरू पनि छन् । बाहुन हुनुको फाइदा लिएर तरक्की गर्ने ब्राह्मणमात्र छैनन् । जुन प्रवृत्तिको कारण उहाँले समाज पछि पर्‍यो भन्नुभएको छत्यही प्रवृत्तिबाट फाइदा लिनेपक्षपोषण गर्नेले हमला गरेका हुन् । अहिले त्यो सोच त हाबी छैन । सैद्धान्तिक रूपमा प्रश्न गर्ने बाहुनगैरबाहुन जोसुकै हुन सक्छ । उहाँको विचारलाई जुनबेला आवश्यक पर्छ उठाउने प्रवृत्ति छ । माओवादीले पनि कुनै बेला भाग्यवादको कुरा गरे । तर आफैं भैंसी पूजा गर्न थालेपछि त्यो मुद्दा उठाउने कुरा भएन । कसैको विरोध गर्नु थियोमुद्दा उठाए । अब आफैं बाहुनवादमा डुबुल्की मार्न थाले ।

आफ्नो लागि केही पनि नगर्ने उहाँको बानी थियो । लुगाफाटो कहिल्यै आफू नकिन्ने । हामी सानै छँदा मुमाले ल्याइदिनुहुन्थ्योहामी ठूलो भएपछि बुवाको दौरा फाटिसकेछ ल्याइद्याओ भन्दिनु हुन्थ्यो । दौरा फाटेछ भन्दा तुन्द्याओ न त भन्नुहुन्थ्यो । जुत्ता फाटिसकेको हुन्थ्योचलेकै छ भन्नुहुन्थ्यो । यो त भएन भनेर ल्याइदिनपर्ने । एकचोटी बुवा जापानमा हुँदा म पनि पुगेँ । चिसो ठाउँ छबुवाले न्यानो लुगा लगाउनु भएको छैन । कोठामा खोजेँन्यानो लुगै छैन । अनि मैंले बजार लिएर गई लुगाहरू छानेंपैसा आफैं तिर्नुभयो ।

आफ्नो भएपछि अरूलाई दिइहाल्ने बानी थियो बुबाको । केही चीज पायो भने दिइहाल्ने । विदेशबाट केही सामान ल्यायो भने पनि कल्लाई दिउ कल्लाई दिउ हुन थाल्थ्यो । खल्तीमा पैसा भएपछि अब कल्लाई दिउ हुन्थ्यो । जसलाई आवश्यक छ भन्ने ठानेको हुन्छ दिइहाल्ने । बुढेसकालमा चाहिन्छ भनेर जोगाउने भन्ने थिएन । आफ्नो लागि नसोच्ने भएकाले यो पुगेनत्यो पुगेन भन्ने गुनासो सुनिएन । राजा वीरेन्द्रले एकदम मन पराउँथे । वीरेन्द्रले डोरबहादुरले केही मागे हुन्थ्यो भने जसरी धेरैचोटी व्यवहार गरे । तर उहाँले कहिले माग्नु भएन । राजाको पनि इगो हात तल पारेर मागेपछि दिने हो । यही बानीको कारण बक्सिसमा केही पाउनु भएनत्यो बेला बक्सिस पाउँदा गर्व हुने बेला थियोअहिले हामीलाई नपाएकोमा गर्व छ ।

मानवको अध्ययन गरेँती पछि पर्नुका कारण पनि खोतलेँ तर इतिहास थाहा पाउँदैमा के भयो ततिनीहरू पिछडिनुको कारण लेखेर के भयो त अब तिनलाई विकास गरेर देखाइदिन्छु भनेर कर्णाली कर्णाली इन्स्टिच्युट खोल्नु भयो । विकासको एउटा मोडल देखाइदिन्छु भनेर सुरु गर्नुभएको थियो । खस जातिको थप अनुसन्धानका साथै विकास गर्ने उहाँको योजना होकर्णाली इन्स्टिच्युट । १९९१ मा सुरु गरिएको इन्स्टिच्युटले स्थानीय शिक्षकहरूलाई तालिम दिनेविदेशी स्वयम्सेवक बोलाएर तालिम दिलाउने,शैक्षिक सामग्री उपलब्ध गराउने आदि काम गर्थ्यो । कीर्तिपुरका सिकर्मीडकर्मी लगेर कर्णालीमा तालिम दिइएको थियो । केटाकेटीलाई खेलकुदमा उत्प्रेरित गथ्र्यो । कर्णालीमा दुर्गन्ध आएबस्ती आएछ भन्छन् । 

सरसफाइमा सचेत गराउने प्रयास गर्‍यो । आधारभूत स्वास्थ्यमा सचेत गराउने काम गर्‍यो । जेहेनदार विद्यार्थी काठमाडौं ल्याएर प्रयोजक खोजेर पढाउने काम पनि गर्‍यो । ठूलो दाताको सहयोगमा सुरु गरिएको थिएन त्यो । अर्थवाच भन्ने स्वयम्सेवी सञ्जालले सघाएको थियो । जर्मन राजदूतले आफ्नो फन्डबाट माइक्रोहाइड्रो आदिमा लगानी गरिदिएका थिए । बुवाले कन्सल्टेन्सीलेक्चरबाट पाएको पैसा पनि यसैमा हाल्नुहुन्थ्यो । गाउँलेसँगै बस्नेखानेतिनलाई सचेत गराउने शैलीमा कार्यक्रम चलेको थियो । आठ वर्षको जागिरमा इसिमोडमा विरक्तिएपछि म पनि केही वर्ष बुवालाई सघाउन जुम्ला बसेँ । तरडानिडाको स्थानीय स्वायत्त शासन कार्यक्रममा जागिर पाएपछि फर्किएँ । इन्स्टिच्युट सुरु भएको पाँच वर्षमै हराउनु भएकाले मोडल देखाइदिने उहाँको सपना पूरा भएन ।


बुवाले बीए पास गर्नुभएको । मैले मानवशास्त्रमै पीएचडी गरेँ । तर बुवाको पदचिन्हमा हिँड्न सकिनँ । मलाई कतिले ज्ञानी हुन बुवाजस्तै घरपरिवारको वास्ता नगरी यायावर भएर हिँड्नपर्ने रहेछ पनि भन्छन् । तर त्यस्तो हैन । ज्ञानी हुन यायावर नै हुनुपर्दैन । मेरो बुवा यायावर हुनुभयो । तर घरपरिवार सबै सम्हालेर पनि ज्ञानी भएका नेपालमै पनि छन् । मुख्य कुरा संकल्प हो । निस्वार्थ संकल्प भएपछि पूरा गर्ने बाटो विविध हुन्छन् । कसले घर गृहस्थी छाडेर गर्छन्कसैले पारिवारिक दायित्व पूरापूर गरेर पनि लक्ष्य प्राप्त गर्छन् । मैले बुवाजस्तो दुःख गरिनँ ।


--
Pl see my blogs;


Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!