Palash Biswas On Unique Identity No1.mpg

Unique Identity No2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Zia clarifies his timing of declaration of independence

What Mujib Said

Jyoti basu is DEAD

Jyoti Basu: The pragmatist

Dr.B.R. Ambedkar

Memories of Another Day

Memories of Another Day
While my Parents Pulin Babu and basanti Devi were living

"The Day India Burned"--A Documentary On Partition Part-1/9

Partition

Partition of India - refugees displaced by the partition

Monday, July 1, 2013

दुवै माओवादीको सम्भावित एकतावारे................

दुवै माओवादीको सम्भावित एकतावारे................

Published on: Monday, July 1, 2013 // 

फुटको एक बर्ष नबित्दै एकीकरणका लागि तत्परता देखाउनु दुवै माओवादीका लागि आपसी चाहना र बाध्यताको उपज हो ।

-पर्शुराम काफ्ले-
तामझाम र आक्रोसका नारासहित एक बर्ष अघि गठन भएको नेकपा–माओवादी र माऊ पार्टी एमाओवादीबीचको सम्भावित एकता वा कार्यगत सहकार्य यतिखेर बौद्धिक र सञ्चार जगतमा चर्चाको बिषय छ । एमाओवादीको विभाजन स्वभाविक थियो कि थिएन अथवा साँच्चै विभाजन थियो वा  देखावटी मात्रै भन्ने आशंका कायम रहेको अवस्थामा पार्टी एकताबारे निरन्तर आपसी छलफलमा रहेको पार्टी सम्वद्ध नेताहरुले नै सार्वजनिक गरिसकेका छन् । स्पष्ट देखिँदैछ कि दुवै माओवादीका नेताहरु पार्टी एकताका लागि हतारिएका छन्, दुवैलाई सिंगो पार्टीको आवश्यकताबोध भएको छ । यदि आवश्यकता वा हतारो थिएन भने पार्टी एकताको शीर्षकमा छलफल चल्ने नै थिएन । दुवै माओवादी अहिले आ–आफ्ना केन्द्रिय समितिका वैठकमा छन् र दुवै दलको छलफलको कार्यसुचीमा 'पार्टी एकताको सम्भावना वा आधार' समेटिएको छ । एउटै पृष्ठभूमि, इतिहास, विचारधाराबाट आएका ती दलहरुबीच तात्कालिक राजनीतिक बिषयलाई हेर्ने दृष्टिकोणमा धेरै असमानता छैन । एकताका लागि राजनीतिकरुपमा फेस सेभिङ र नेताहरुको भागबण्डा ड्यास माओवादीका लागि मुख्य शर्त हुनेछ । तात्कालिक राजनीतिक प्रक्रियामा उसका असहमति एमाओवादीका लागि पनि कठीन शर्त नहुन सक्छ । 
पार्टी फुटपछि एजेन्डाका हिसाबले ड्यास माओवादी संकटमा छ भने सांगठनिक मिलानका सन्दर्भमा एमाओवादीमा चर्को संकट छ । संविधानसभा विघटनपछि शान्ति र संविधानको कार्यनीति छाडेर शहरी बिद्रोह गर्ने चेतावनी दिएको ड्यास माओवादी जहाँको तहीँ छ । शान्ति र संविधानको एमाओवादी कार्यनीतिको औचित्य त छ, तर त्यसका लागि उसको सार्थक तत्परता छैन । ड्यास माओवादीको बिद्रोह वा भारतविरुद्ध संघर्षको एजेन्डा अनकण्टार भीरमा फलेको फर्सीजस्तो छ । त्यसकारण फुटको एक बर्ष नबित्दै एकीकरणका लागि तत्परता देखाउनु दुवै माओवादीका लागि आपसी चाहना र बाध्यताको उपज हो । पार्टी फुटको राजनीतिक औचित्य पुष्टि गर्न नसकेको ड्यास माओवादी नेतृत्वका लागि लागि कठिन के छ भने पार्टी एकीकरण भइसकेपछि विगतको पार्टी फुटको 'अपराधबोध' पटकपटक गरिरहनुपर्ने हुन्छ । सम्भवत ःपार्टी फुटको अपराधबोध गर्न नचाहने बहुसंख्यक युद्धकालीन कार्यकर्ताको दबाब ड्यास माओवादीमा परेको छ । त्यसको प्रतिबिम्ब पोखरा बैठकको निर्णयमा पर्नसक्छ । 
डा. बाबुराम भट्टराई नेतृत्वमा सरकार गठनको पृष्ठभूमि (एमाओवादी र मधेशी मोर्चाबीचको विवादास्पदक सहमति) र सरकारले भारतसँग गरेको बिप्पा सम्झौताको असन्तुष्टिको आडमा एमाओवादी फुटेको हो । सरकारबाट भट्टराईको बहिर्गमनपछि बिप्पा सम्झौताबाहेक ड्यास माओवादीको असन्तुष्टिको एजेन्डा सायद छैन । पार्टी फुटका लागि कारक मानिएको व्यक्ति र प्रमुख बिषय (मधेशी दलसँगको सहमति) स्वतः भंग भइसकेको छ । यद्यपि इतिहासका रुपमा त्यसप्रति फरक मत राख्दैमा पार्टीमा नअटिने होइन । किनभने महाकाली सन्धीको विरोध गर्दै माले गठन गरेका बामदेव गौतमको समूह पार्टी एकतापछि आफ्नो असहमतिको मत सुरक्षित राखेरै एमालेमा सक्रिय छ । यो अभ्यास एमाओवादीमा पनि गर्न सकिने प्रशस्त ठाउँ छ । स्वयम् ड्यास माओवादीको एउटा पंक्तिले यो यथार्थ स्वीकार गरेको छ । 
ड्यास माओवादीले बहुलबादलाई स्वीकार नगरे पनि बहुलबादी राजनीतिक परिवेश बाहिर ऊ जान सक्ने अवस्था छैन । भारतलाई हेर्ने दृष्टिकोण र एमाओवादीको नेतृत्वप्रतिको कुण्ठामात्रै ऊसँग बाँकी छ । जसरी सिंगो माओवादीले दशौं हजारको ज्यान जाने गरी भएको सशस्त्र जनयुद्धको औचित्य पुष्टि गर्न सकिरहेको छैन, त्यसैगरी ड्यास मओवादीको बिद्रोहको कार्यनीति पुष्टि गर्न सक्ने कुरै भएन । तर अर्को स्थापित सत्य के हो भने ड्यास माओवादीमा इमान्दार, त्यागी, सैद्धान्तिकरुपमा प्रतिवद्ध र आर्थिकरुपमा बिबादमा नमुछिएका नेता कार्यकर्ता धेरै छन् ।    एमाओवादीका नेता राम कार्कीले पंक्तिकारसँग केही दिन अघिको कुराकानीमा सुनाएको कुरा यहाँ सान्दर्भिक हुनसकछ । उनको मत छ,  ' दुई माओवादीको राजनीतिक संस्कृति, इतिहास, कार्यशैली सबै एउटै छ  । मोहन बैद्यजीहरुले फुटको औचित्य पुष्टि गर्न सक्नु पनि भएको छैन, राजनीतिमा बैकल्पिक एजेन्डा स्थापित गर्न पनि सक्नुभएको छैन ।' 
पंक्तिकारको मत छ कि एमाओवादीले जसरी हेटौंडा महाधिवेशनबाट एमालेको मार्ग पछ्यायो, ड्यास माओवादीको भविश्यको बाटो पनि उही नै हुनेछ । त्यसका लागि एमाओवादीसँगको एकता उसका लागि अपरिहार्य हुनेछ । अन्यथा ड्यास माओवादीको अस्तित्व टुंडिखेलमा हराएको सियोको टुक्रा जस्तो हुनेछ । तर यसो भनिरहँदा वर्तमानमा ड्यास माओवादीको अस्तित्व अस्वीकार गर्नु ठूलो भूल हुनेछ । जनयुद्धको पृष्ठभूमि बोकेको र त्यो एजेन्डाप्रति प्रतिबद्ध जमात रहेको सो पार्टीको सांगठनिक हैसियत अहिले पनि कांग्रेस, एमाओवादी र एमालेपछि चौथो हो । 
दुवै माओवादीलाई गहिरिएर अध्ययन गर्दा यतिवेला उनीहरु केही मुद्दामा मात्रै फरक देखिन्छन् । एउटै इतिहास र कार्यशैली, एउटै नारा अनि लालसलाम संस्कृति बोकेका उनीहरुको अधिकांश राजनीतिक मुद्दामा समान दृष्टिकोण छ । उनीहरुबीचका समानता हेरौँ, संघीयताको मोडल । यसमा उनीहरुको एउटै मत छ । दुवैले जातीय संघीय आधारमा संघीयता हुनुपर्ने मत राख्दै आएका छन् । बरु को जातीबादी भन्ने होड दुवै माओवादी देखिन्छन् । कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्नेमा दुवै एक छन् । देश विखण्डन गर्न पाउने व्यवस्थासिहत आत्मनिर्णयको अधिकारका पक्षमा दुवै एकै ठाउँमा छन् । बिबादास्पदक आइएलओ १६९को मुद्दा कार्यान्वयनका लागि दुबै प्रतिवद्ध छन् । दुवै दलको मार्गनिर्देशक सिद्धान्त माक्र्सबाद, लेनिनवाद र माओवाद हो । 
नेपालको गौरबशाली एकीकरण  र त्यसका अगुवा बडामहाराजा पृथ्वीनारायण शाहप्रति घृणा गर्ने कुरामा दुवै दलको एउटै मत छ । हिन्दुधर्म, नेपाली भाषा र ब्राह्मण क्षेत्रीसमुदायप्रति मुलुकभर तुच्छ एवं अराजनीतिक पूर्वाग्रह फैलाउने कुरामा दुवै एकमत छन् । समग्रमा नेपालको गौरबशाली एकीकरणसहितको राष्ट्र निर्माण अभियान एवं नेपाली जातिको इतिहासलाई दुवैले एकैखाले बुट लगाएर कुल्चिइरहेका छन् । शान्तिपूर्ण तरिकाबाट राजनीति गर्ने कुरामा दुवै दल एक छन् । ड्यास माओवादीले पनि युद्धमा जाने भनेको छैन तर संविधान निर्माण नभए जनबिद्रोहमार्फत् जनसंविधान बनाउने उसको नीति छ । संविधानसभाको विघटनपछि उसले सामान्य सडकप्रदर्शन बाहेक केही गर्न सकेको छैन, केही गर्ने शक्ति, सामथ्र्य र परिस्थिति छैन । यसैगरी, आफ्नो बिचारसँग सहमत नहुने दलहरुलाई साम्राज्यवादी र दलालको आरोप लगाउन र उनीहरुलाई भविश्यमा चुनावी प्रतिस्पर्धा गर्न दिनुहुन्न भन्ने कुरामा दुवै माओवादीको समान धारणा छ । फरक बिचारधाराप्रतिको असहिष्णु संस्कृति दुवै दलको साझा विशेषता हो ।  
उनीहरुबीचका असमान मत हेरौं । एमाओवादीले भारतसँगको सम्बन्ध अपरिहार्य ठानेको छ र सहकार्यलाई मुख्य बिषय बनाएको छ । ड्यास माओवादीले भारतसँगको अन्तरविरोधलाई स्थापित गर्न चाहेको छ र उसँगको संघर्षबाट मुलुक स्वाधिन हुने मान्यताको पक्षपोषण गर्दै आएको छ । अहिलेको राजनीतिक निकास गोलमेच सम्मेलनमार्फत् दलीय सरकार गठन गरेर निकाल्नुपर्छ भन्ने ड्यास माओवादीको धारणा छ । एमाओवादीले आफ्नोसमेत स्वामित्व भएको पछिल्लो राजनीतिक प्रक्रियाबाट पछि फर्कन नसकिने मान्यता राख्दै आएको छ । दुवैको आपसी अडान गतिरोधको मुख्य कारण हो । अहिले सत्ता पक्ष र प्रतिपक्षको बास्तविक नेतृत्व माओवादीले गरिरहेको अवस्था छ । 
प्रचण्डपथलाई ड्यास माओवादीले त्यागेको छ भने एमाओवादीले स्थगीत गरेको छ । पछिल्लोपटक नागरिकता वितरणसम्बन्धी बनेको कानून र वितरण प्रक्रियामा ड्यास माओवादीको आपत्ति छ । तर एमाओवादी त्यो प्रक्रियाको मुख्य बाहक छ । चुनवाङ वैठकको निर्णयको औचित्य समाप्त भएको र त्यहीँबाट गल्ती भएको ड्यास माओवादीको निस्कर्ष छ भने चुनवाङ वैठका निर्णयको उपलब्धीका रुपमा पछिल्लो राजनीतिक प्रक्रियालाई एमाओवादीले अथ्याएको छ । एमाओवादीले राजनीतिक क्रान्ति समाप्त भइसकेको व्याख्या गरेको छ र आर्थिक क्रान्तिमा जोड दिएको छ । ड्यास माओवादीले राजनीतिक क्रान्तिको अपरिहार्यतामा जोड दिँदै आएको छ । 
एकताकेन्द्र गठनपछि एउटै विरासत बोकेका दल हुन् दुवै माओवादी र अब पनि दुवै पार्टीको गन्तब्य यही हो । जे सुकै भने पनि ड्यास माओवादी प्रतिस्पर्धात्मक राजनीति र लोकतान्त्रिक मार्गभन्दा बाहिर जान सक्दैन । भारतलाई हेर्ने दृष्टिकोण ड्यास माओवादीको भन्दा नेपाल मजदुर किसान पार्टीको हार्डलाइन छ । बैद्य भन्दा नारायणमान बिजुक्छे भारत विरोधी छन् । बरु, बैद्य माओवादीका नेताहरु भारतको संस्थापन पक्ष र भाकपा माओवादीबाहेकका दलहरुसँग पनि सम्वाद, सम्पर्कमा छन् । 
फुटपछि एमाओवादी संयमित छ, ड्यास माओवादी आक्रोसित छ । तर आफ्नो एजेन्डा कार्यान्वयन नभएपछि ड्यास माओवादीसँग एमाओवादी भन्दा अरु फरक एजेन्डा छैन । अहिले पार्टी एकताका लागि त्यहीँभित्र सबैभन्दा बढी गुटबन्दी छ तर उच्च बार्गेनिङ गर्ने ठाउँमा उही छ । पार्टी एकताको चर्चा गरिरहँदा एमाओवादी नेतालाई आत्मसमर्पणवादी, विस्तारवादीका दलाल, राष्ट्रघाती भन्नुको कारण पेश गर्नुपर्छ वा यसप्रति आत्मालोचना गर्नुपर्छ । रातारात एउटा व्यक्ति कसरी राष्ट्रवादी वा राष्ट्रघाती हुनसक्छ ? यसको मापदण्ड आफ्नो एजेन्डाप्रति समर्थन वा विरोध हुनसक्छ कि सक्दैन ? ड्यास माओवादीका नेताले यो प्रश्नको जबाफ दिनुपर्छ । र, सबै कम्युनिष्ट पार्टीहरुका लागि यो गम्भीर छलफलको बिषय बन्नुपर्छ । 
अन्त्यमा, दुई दलको फुट वा एकीकरण नाटक हो कि भन्ने आशंकाका पछाडि दुईवटा मूलभूत प्रश्न उब्जेका छन् । आमपंक्तिबाट उब्जेका ती प्रश्नहरूको जबाफ अपेक्षित छ । पहिलो, पार्टी फुटपछि एमाओवादीले ड्यास माओवादीमा गएका नेता÷कार्यकर्तामाथि कारबाही गरेन, कोही नेता निस्कासनमा परेको घोषणा गरिएन । बरु, एमाओवादीले संयमित व्यवहार देखायो फुटेर गएका पूर्वसहकर्मीप्रति । ड्यास माओवादी नेतृत्वप्रति आक्रामक छ, आक्रोसित छ । एमाओवादी प्रतिक्रियाविहीन छ । यो के हो ? दुवै माओवादीले प्रष्ट पार्नुपर्छ । 
दोस्रो, विर्वाचन आयोगमा ड्यास माओवादीले दल दर्ता गरेको छैन । तर हामी निर्वाचनका विरोधी होइनौँ भनेर बक्तब्यबाजी दिइरहने । यो सरकारले गराउने निर्वाचनको औचित्यमाथि प्रश्न उठाए पनि नयाँ निर्वाचन हुनै हुँदैन र त्यसमा हामी सहभागी हुँदैहुँदैनौँ भनेको छैन ड्यास माओवादीले । पोखरामा जारी केन्द्रिय समिति वैठकमा माओवादीले सशर्त निर्वाचन बहिस्कार गर्ने बारेमा छलफल गरिरहेको छ । आयोगमा दल दर्ता नगर्ने तर निर्वाचनमा जाने भनेको के हो ? एमाओवादीसँगको सहकार्य, मोर्चाबन्दी वा एकीकरणबाहेक अरु के होला ? प्रश्नहरु उब्जेका छन् । निर्वाचनमा दुवै दल नाटकीयरुपमा मिलेमा आश्चर्य मान्नुपर्ने छैन भनिरहेका छन् दुवै दलका एकथरि नेताहरु । विशेष गरी ड्यास माओवादील यसको जबाफ दिनुपर्छ । 
यति हुँदा हुँदै पनि ड्यास माओवादीको हैसियतलाई समग्र राजनीतिका खेलाडीले कमजोर आँकलन गर्नु मुर्खता हुनेछ । तर, आफ्नो राजनीतिक हैसियतलाई ड्यास माओवादीले पनि जिम्मेबाररुपमा प्रस्तुत गर्नुपर्ने बेला आएको छ ।  त्यसका लागि एमाओवादीसँग उसको एकीकणले सकारात्मक सन्देश प्रबाह गर्न मद्दत नै पु¥याउनेछ । अहिलेको समस्या एजेन्डा भन्दा पनि दुवै पार्टी र नेताको फेस सेभिङ् हो ।
Major part of this article has been published at Tarun National Weekly, Ashar 17, 2070. 

No comments:

Post a Comment